+
+
Shares

सर्लाहीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहार समेत गरेका थिए । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।

अमलेश शर्मा अमलेश शर्मा
२०८२ माघ २२ गते १७:१५

२२ माघ, सर्लाही । सर्लाहीको लालबन्दीस्थित एक लघुवित्त वित्तिय संस्थामा लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले वित्तिय संस्थाभित्र प्रवेश गरेर लुटपाट गरेको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर वीरेन्द्र सिंह जोखारीका अनुसार, ५–६ जनाको समूह प्रवेश गरेर बिहीबार दिउँसो कार्यालयमा लुटपाट गरेको हो ।

उक्त समूहले संस्थाका कर्मचारीमाथि छुरा प्रहार समेत गरेको जोखारीले अनलाइनखबरलाई बताए । छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् ।

अहिले सो स्थानमा प्रहरी पुगेर थप अनुसन्धानको काम अघि बढाएको छ । लघुवित्तका कर्मचारीलाई कोठामा बन्द गरेर लुटपाट भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?