+
+
Shares

केएमसीको १२औं अन्तर्राष्ट्रिय संयुक्त सम्मेलन ‘आईजेसीसी-२०२६’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १७:१५

२२ माघ, काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) बागबजारको को आयोजनामा १२औं अन्तर्राष्ट्रिय संयुक्त सम्मेलन अन कनभर्जेन्स (आईजेसीसी–२०२६) सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल, दक्षिण कोरिया तथा अन्य साझेदार देशका प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ र शिक्षाविद्को उल्लेखनीय सहभागिता सहित सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य, नवप्रवर्तन र बहुविषयक अनुसन्धानलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ ।

सम्मेलन उद्घाटन तथा समापन दुवै सत्रको अध्यक्षता भिड्याकका अध्यक्ष तथा आईजेसीसी–२०२६ का अध्यक्ष प्रा. योङ–सेन जाङले गरेका थिए । उद्घाटन सत्र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उद्घाटन मन्तव्यमा प्रा. योङ–सेन जाङले ज्ञान, प्रविधि र संस्कृति आदान प्रदानले विश्वव्यापी चुनौती समाधानमा सहज रहने बताए । स्वागत मन्तव्य होनाम विश्वविद्यालय कोरियाका प्रा. साङ ह्युन लीले प्रस्तुत गर्दै आईजेसीसी सम्मेलनले एसिया केन्द्रित शैक्षिक सञ्जाल विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

यसैगरी पुल्चोक क्याम्पसका प्रा. डा. सुवर्ण शक्यले ‘सूचना प्रविधि–आधारित शासन प्रणाली सेवाको रूपान्तरणमा कृत्रिम बुद्धिमत्ताको भूमिका’ विषयमा मुख्य प्रवचन दिए ।

होसियो विश्वविद्यालय कोरियाका प्रा. योनही किमले ‘सेमिकन्डक्टर प्याकेजिङ र कृत्रिम बुद्धिमत्ताको युग’ विषयमा विशेष सेमिनार प्रस्तुति गरे । कार्यक्रममा केएमसीका स्नातक तहका विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक नृत्यले नेपाली सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको थियो ।

सम्मेलनमा एआई सोसाइटी अफ कोरिया, कोरियन एकेडेमी अफ हट स्प्रिङ, डन्कुक विश्वविद्यालयको स्पोर्ट साइन्स इन्स्टिच्युट, सुनचुनह्याङ विश्वविद्यालय, केएमसी कलेज, एमआईटी तथा नेपाल ओपन युनिभर्सिटीबीच शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सम्मेलन अन्तर्गत आयोजित पोस्टर प्रस्तुति र प्राविधिक सत्रमा कुल ८० वटा अनुसन्धानमूलक शोधपत्र प्रस्तुत गरिएको थियो । ती शोधपत्र कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, ई–गभर्नेन्स, शिक्षा, व्यवस्थापन, सामाजिक विज्ञान तथा दर्शनजस्ता बहुआयामिक विषयमा केन्द्रित थिए ।

नेपाल ओपन युनिभर्सिटीका कार्यवाहक रजिस्ट्रार प्रा. सुरेन्द्र श्रेष्ठले आईजेसीसी जस्ता सम्मेलनले खुला विश्वविद्यालय र परम्परागत विश्वविद्यालयबीच सहकार्य विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

त्यसैगरी केएमसीका प्रमुख तथा आईजेसीसी–२०२६ का आयोजक अध्यक्ष सुरेन्द्र सुवेदीले सम्मेलनको सफल आयोजनाबाट केएमसीको शैक्षिक गुणस्तर, अन्तर्राष्ट्रिय पहिचान र अनुसन्धान संस्कृति थप मजबुत बनाएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?