+
+
Shares

काठमाडौंमा ‘मेट्रोल्याब्स’ सञ्चालन 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १७:४०

२२ माघ, काठमाडौं । नेपालको पहिलो पूर्ण डिजिटल रेफरेन्स डायग्नोस्टिक प्रयोगशाला ‘मेट्रोल्याब्स’ सञ्चालनमा आएको छ ।

काठमाडौं बानेश्वरस्थित बीके कम्प्लेक्सको चौथो तलामा अवस्थित भौतिक प्रयोगशालाबाट औपचारिक सुरुवात भएको हो । मेट्रोल्याब्स उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्काले गरे ।

मेट्रोल्याब्स आफ्नै स्वामित्वको मोबाइल एप ‘माई हेल्थ नाउ’ द्वारा सञ्चालित अत्याधुनिक डिजिटल डायग्नोस्टिक इकोसिस्टममा आधारित  छ। यो एपमार्फत सेवाग्राहीले विभिन्न स्वास्थ्य परीक्षण बुक गर्न, स्मार्ट र सटिक डिजिटल रिपोर्ट प्राप्त गर्न, आजीवन डिजिटल डायग्नोस्टिक अभिलेख सुरक्षित राख्न, सम्पूर्ण परिवारको स्वास्थ्य प्रोफाइल व्यवस्थापन गर्न तथा सुरक्षित अनलाइन भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध छ ।

सेवाग्राहीको सुविधा र पहुँचलाई प्राथमिकतामा राख्दै मेट्रोल्याब्सले निःशुल्क घरमै नमुना संकलन सेवा पनि उपलब्ध गराउँदै आएको छ, जसले बारम्बार प्रयोगशाला जानुपर्ने आवश्यकता हटाइ निरन्तर र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्दछ ।

मेट्रोल्याब्स नेपालकै पहिलो रेफरेन्स प्रयोगशाला हो, जहाँ पूर्ण रूपमा स्वचालित टोटल ल्याब अटोमेसन रोबोटिक प्रणाली प्रयोग गरिएको छ । यस प्रणालीले उच्च स्तरको मानकीकरण, शुद्धता र समयमै नतिजा प्रदान गर्दछ ।

उद्घाटन समारोहमा मेट्रोल्याब्सका प्रबन्ध निर्देशक शंकर देवकोटाले भने, ‘हाम्रो प्राथमिकता गुणस्तरीय, सटिक र समयमै उपलब्ध हुने डायग्नोस्टिक सेवा हो । माई हेल्थ नाउ एपमार्फत हामीले परीक्षण बुकिङदेखि घरमै नमुना संकलन, स्मार्ट डिजिटल रिपोर्ट र आजीवन डायग्नोस्टिक अभिलेखसम्मको सेवालाई पूर्णरूपमा सेवाग्राही केन्द्रित बनाएका छौं, मेट्रोल्याब्स प्रविधि, शुद्धता र विश्वासयोग्य सेवामार्फत स्वास्थ्य क्षेत्रमा भरोसा निर्माण गर्न प्रतिबद्ध छ ।’

उन्नत स्वचालन प्रविधि, पूर्ण डिजिटल इकोसिस्टम र शुद्धता तथा पहुँचमा केन्द्रित सेवासहित, मेट्रोल्याब्सले नेपालमा डायग्नोस्टिक स्वास्थ्य सेवाको नयाँ मापदण्ड स्थापित गरेको छ । यस परियोजनाको पहिलो चरणको लगानी १० करोड रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?