२२ माघ, काठमाडौं । भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त आफ्ना स्टोरमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याएको छ ।
२४ माघ शनिबार बिहान १० बजेदेखि कोटेश्व भाटभटेनी पुनः सञ्चालनमा आउने घोषणा भाटभटेनीले गरेको छ । यो पुनः सञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट प्रतिविम्बित गर्दछ ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार हालैको घटनाबाट प्रभावित भए तापनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाको सहयोग र विश्वासका कारण छिटो पुनरुत्त्थान मार्गमा अघि बढ्न सफल भएको छ ।
कोटेश्वर स्टोर पुनः सञ्चालनसँगै बाँकी स्टोर पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी पौडेलले दिए ।
भाटभटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालालाई धन्यवाद व्यक्त गर्दछ।
भविष्यमा पनि भाटभटेनी सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टि केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाइको छ ।
प्रतिक्रिया 4