+
+
Shares

पार्टी जीवनमा उथलपुथल आइरहन्छन्, चुनावमा प्रभाव पर्नुहुन्न : महत

‘अहिले पूरा राज्यका संरचना ध्वंस गरेर झन्डै राज्यलाई असफल पार्ने कोसिस भएको छ । खर्बौँको प्रत्यक्ष क्षति भएको छ । त्यसो गरेकामा गौरव महसुस गरेर प्रस्तुत गरिँदैछ । यसमा हामीले सही कुरा जनतालाई भनिदिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १०:३९

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आन्तरिक कुराले प्रभाव पर्न नहुने बताएका छन् । नुवाकोट–१ मा कांग्रेसबाट उम्मेदवार रहेका महतले शनिबार एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘पार्टीको जीवनमा उथलपुथल आउँछ । कहिले कोही माथि पर्छ, कहिले तल पर्छ,’ महतले भने, ‘तर, यस्ता कुराले आम निर्वाचन लडिरहँदा प्रभाव पर्नुहुँदैन ।’ पार्टीका आन्तरिक कुराले पार्टी र देशको जीवन नै संकटमा पर्न नहुने उनले बताए ।

अहिले देश नै कठिन मोडमा रहेका बेला निर्वाचनबाट कांग्रेस बलियो बनेर आउनुपर्ने उनले बताए ।

‘अहिले पूरा राज्यका संरचना ध्वंस गरेर झन्डै राज्यलाई असफल पार्ने कोसिस भएको छ । खर्बौँको प्रत्यक्ष क्षति भएको छ । त्यसो गरेकामा गौरव महसुस गरेर प्रस्तुत गरिँदैछ । यसमा हामीले सही कुरा जनतालाई भनिदिनुपर्छ,’ नेता महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?