+
+
Shares

बलात्कार आरोपमा भारतको बैंग्लोरबाट पक्राउ परे पूर्वप्रहरी ठगुन्ना

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १३:११

२४ माघ, काठमाडौं । बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।

ठगुन्नालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर सुर्खेत पठाइएको हो ।

उनीविरुद्ध जाजरकोटकी एक युवतीले बलात्कारा आरोपमा जाहेरी दिएकी थिइन् । उनी गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहेकी थिइन् ।

भुपेन्द्र दार्चुला नौगाड गाउँपालिका वडा नं. २ सुन्डमुन्ड घर भई काठमाण्डौं रामशाहपथ बस्दै आएका थिए ।

उनीविरुद्ध जिल्ला अदालत, सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । सो क्रममा प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।

२५ मंसिर २०८० मा उनले भुपेन्द्र सिंह ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

त्यतिबेला प्रहरी कर्मचारी रहेका ठगुन्ना निलम्बित भए र जिल्ला अदालतले उनलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

गत जेठमा आफूमाथि पुन: जबरजस्ती करणी भएको भन्दै उनले ७ असोजमा जाहेरी दिइन् । प्रहरीले १० असोजमा मुद्दा दर्ता गरी जबरजस्ती करणीसहितको अनुसन्धान सुरु गर्‍यो ।

मुद्दा दर्ता हुँदासम्म उनी करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन् ।

यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर हुन नगएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उनलाई सेवाबाट हटाएको थियो ।

भुपेन्द्र हाजिर नभएकोले सेवाबाट हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?