News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ लक्षित गर्दै फ्यान्टेसी टी–२० विश्वकप प्रतियोगिताको औपचारिक घोषणा गरेको छ।
- समर्थकहरूले विभिन्न राष्ट्रका खेलाडी छानेर भर्चुअल टोली बनाउन सक्ने फ्यान्टेसी प्लेटफर्मले खेलाडीको प्रदर्शन अनुसार अंक दिनेछ।
- पोखरा एभेन्जर्सले नेपाली समर्थकलाई जोड्न र क्रिकेट ज्ञान प्रदर्शन गर्न यो प्रतियोगिता नि:शुल्क सञ्चालन गर्ने जनाएको छ।
२५ माघ, पोखरा । पोखरा एभेन्जर्सले आईसीसी पुरुष टी–२० विश्वकपलाई लक्षित गर्दै क्रिकेट समर्थकहरूको सहभागिता बढाउने उद्देश्यसहित पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकप को औपचारिक घोषणा गरेको छ ।
पोखरा एभेन्जर्सले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उत्साहलाई थप रोमाञ्चक बनाउन विशेष अभियानको औपचारिक घोषणा गरेको हो ।
पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकपमार्फत समर्थकहरूले प्रतियोगितामा सहभागी विभिन्न राष्ट्रका खेलाडीहरू छानेर आफ्नै भर्चुअल टोली बनाउन सक्नेछन् ।
वास्तविक खेलमा खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा अंक प्राप्त हुने यस प्लेटफर्मले प्रतियोगिताभर दर्शकको उत्साह र सहभागितालाई थप रोमाञ्चक बनाउने लक्ष्य राखेको छ ।
समर्थकहरूले पोखरा एभेन्जर्सको आधिकारिक फ्यान्टेसी प्रतियोगितामा सहभागी भई आफ्नो क्रिकेट ज्ञान प्रदर्शन गर्न सक्नेछन्।
विश्वकप क्रिकेटको माहोलसँगै नेपाली क्रिकेटप्रेमी समर्थकहरूलाई जोड्न तथा सहभागिता बढाउन पोखरा एभेन्जर्सले फ्यान्टासी क्रिकेट प्रतियोगिता सार्वजनिक गरेको हो ।
नेपालले पनि तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको र नेपाली समर्थकहरुका लागि यो उत्साहको क्षण रहेकोले पोखरा एभेन्जर्सले नेपाली समर्थकहरुलाई यो अभियानमार्फत अझ नजिक ल्याउने प्रयास गरेको हो ।
यो फ्यान्टेसी प्लेटफर्म फ्रेन्चाइजको नवप्रवर्तन र समर्थक–केन्द्रित सोचको प्रतिविम्ब भएको पोखरा एभेन्जर्सले जनाएको छ ।
‘क्रिकेटप्रतिको समर्थकहरूको अनुभव अब मैदानभित्र मात्र सीमित छैन । फ्यान्टेसी खेल आधुनिक क्रिकेट संस्कृतिको महत्वपूर्ण अंश बनेको छ । पोखरा एभेन्जर्स फ्यान्टेसी टी–२० विश्वकपमार्फत हामी समर्थकलाई खेलसँग अझ नजिक ल्याउन र उनीहरूको क्रिकेट ज्ञानलाई सम्मान गर्न चाहन्छौं,’ पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने ।
यस प्लेटफर्ममा प्रयोगमैत्री प्रणाली, प्रतिस्पर्धात्मक लिडरबोर्ड तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ, जसले अनुभवी फ्यान्टेसी खेलाडी र नयाँ प्रयोगकर्तालाई समान रूपमा आकर्षित गर्नेछ ।
पोखरा एभेन्जर्सको फेन्टासी टी२० विश्वकपमा सहभागि हुन यहाँ गएर नि:शूल्क दर्ता गर्न सकिनेछ र थप मनोरञ्जन लिन सकिनेछ ।
यो कार्यक्रम कुनै व्यावसायिक प्रायोजन नभई समर्थकहरुका लागि मनोरञ्जन प्रदान गर्न र टी-२० विश्वकपका बेला फ्यानहरुलाई रमाइलो र उत्साहपूर्ण माहोल बनाउनका लागि सञ्चालन गरिएको हो ।
प्रतिक्रिया 4