+
+
Shares

खोटाङ र उदयपुर जोड्ने बंशिलाघाटमा बेलिब्रिज जडान

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २५ गते ७:४८

२५ माघ, खोटाङ । खोटाङको दक्षिणी क्षेत्र र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा बेलिब्रिज जडान गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका-१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोसीको बंशिलाघाटमा बेलिब्रिज राखिएको हो ।

बंशिलाघाटमा पक्की पुल निर्माणको काममा चरम ढिलासुस्ती भइरहेको अवस्थामा कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले ५१.८१ मिटर लामो र ४.१ मिटर चौंडाई भएको बेलिब्रिज जडान गरेको हो । नदीमा पानीको बहाव बढ्न थालेपछि निकालेर राख्ने गरी जडान गरिएको अस्थायी बेलिबिज माघ २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ ।

आगामी जेठसम्म सञ्चालन हुने बेलिब्रिज गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि, रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाखमा जडान गरेको हो । कोशी प्रदेशको पूर्वभौतिक पुर्वाधार विकास मन्त्री भूपेन्द्र राईको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८७ लाखमा खरिद गरिएको बेलिब्रिजलाई बंशिलाघाटमा राखिएको हो ।

बेलिब्रिज जडान भएपछि खोटाङ र भोजपुरका केही पालिकाका नागरिकका लागि सिधै उदयपुरको बेलटार हुँदै इटहरी, विराटनगर, धरानलगायतका सहर आउजाउ वर्ने बाटो खुलेको छ ।

विशेषगरी खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाका नागरिकले बंशिलाघाटबाट नुनदेखि सुन भित्र्याउने तथा काठ, सुन्तला, अलैंची, अम्लिसो, तेजपात लगायतका स्थानीय उपज निर्यात गर्दैआएका छन् ।

बंशिलाघाटको वारी र पारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर-दोहोर गरिरहेको भए पनि पुल निर्माण नहुँदा नागरिक उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य छन् ।

बंशिलाघाटमा पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदैआएको छ । बंशिलाघाटको झोलुंगे पुलमा स्थानीयको दैनिक बाक्लो ओहोर-दोहोर हुने गरेको छ ।

खोटाङ र उदयपुर जोड्ने यो दोश्रो बेलिब्रिज हो । खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारको पक्की पुल २०८१ असोज १२ गतेको बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको हो ।

बंशिलाघाटको पुल निर्माण अलपत्र

एम/एस कालिका-बेदांसी जेभी, काठमाडौंले ३३ महिनामा सक्नेगरी २०७७ पुस २८ गते बंशिलाघाट पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

भ्याट र पिएस सहित १९ करोड १८ लाख ४१ हजार ४०० मा ठेक्का लागेको पुल तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिल्यान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?