२५ माघ, काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल काठमाडौंले आदेश अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।
प्रहरीले उनलाई शुक्रबार मात्रै दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरेको थियो । काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए ।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्दै अभिव्यक्ति दिने गरेका छन् । १९ माघमा चितवनमा पुगेर उनले राजसंस्था स्थापनाम नभएसम्म निर्वाचन नहुने भन्दै बोलेका थिए । प्रशासनले तोकेको ठाउँभन्दा अन्यत्र कार्यक्रम गरेर केही समय तनावको स्थिति समेत बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4