News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ भारत नयाँदिल्लीमा २० देखि २२ फेब्रुअरी २०२६ सम्म आयोजना हुने भएको छ।
- एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले फेस्टिभललाई द्विपक्षीय व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान-प्रदान सुदृढ बनाउने लक्ष्य राखेको छ।
- फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति रहने र आगन्तुकले परम्परागत नेपाली खानाका स्वाद अनुभव गर्ने अवसर पाउनेछन्।
२५ माघ, काठमाडौं । दोस्रो ‘इन्डो-नेपाल ट्रेड फेस्टिभल २०२६’ भारत नयाँदिल्लीमा हुने भएको छ ।
एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको आयोजनामा हुने फेस्टिभल २० देखि २२ फेब्रुअरी २०२६ सम्म चल्ने आयोजकले जनाएको छ ।
फेस्टिभललाई नेपाल दूतावास नयाँदिल्ली, नेपाल पर्यटन बोर्ड तथा ट्रेड एन्ड एक्सपोर्ट प्रमोसन सेन्टरले सहयोग गरेका छन् ।
फेस्टिभलले भारत र नेपालबीचको द्विपक्षीय व्यापार, लगानी, पर्यटन, सांस्कृतिक आदान-प्रदान तथा जनजनबीचको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिएको छ एभरेस्ट चेम्बरले जनाएको छ ।
दिगो आर्थिक विकास र दीर्घकालीन क्षेत्रीय सहकार्यका लागि मानवीय सम्बन्धलाई आधारशिलाका रूपमा प्रस्तुत गर्ने फेस्टिभलको उद्देश्य छ । त्यही बेला व्यापार तथा व्यावसायिक गतिविधि हुने जनाइएको छ ।
फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका चर्चित गायक-गायिका तथा कलाकारको प्रस्तुति समेत रहने भएको छ । आगन्तुकहरूले परम्परागत नेपाली खानाका स्वाद अनुभव गर्न पाउने भएका छन् ।
एभरेस्ट चेम्बर अध्यक्ष युवराज बरालले फेस्टिभललाई व्यापार, संस्कृति, पर्यटन र कूटनीति एकीकृत गर्ने समग्र इन्डो–नेपाल प्ल्याटफर्मका रूपमा परिकल्पना गरिएको बताए ।
प्रतिक्रिया 4