+
+
Shares

३४ जनालाई विजय मल्ल नइ शताब्दी पदक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १६:३०

२६ माघ, काठमाडौं । नइ एकेडेमीले ३४ जनालाई विजय मल्ल नइ शताब्दी पदकले सम्मान गरेको छ ।

साहित्यकार विजय मल्लको शताब्दी महोत्सवका अवसरमा उनका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका साथै प्रचार गर्नेहरुलाई सम्मान गरिएको हो ।

‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा.केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.देवीप्रसाद गौतम, प्रा.डा.देवीप्रसाद सुवेदी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ रहेका छन् ।

यस्तै, प्रा.डा.महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा.हेमचन्द्र नेपाललाई पनि सम्मान गरिएको छ ।

आगामी फागुन १६ गते उनीहरुलाई पदक’ समर्पण गरिने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?