+

म्यानमारमा भएको अल्ट्रा ट्रेल रनमा प्रियाले कोर्स रेकर्डसहित जितिन् स्वर्ण

२०८२ माघ  २६ गते २०:३५ २०८२ माघ २६ गते २०:३५
म्यानमारमा भएको अल्ट्रा ट्रेल रनमा प्रियाले कोर्स रेकर्डसहित जितिन् स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली अल्ट्रा रनर प्रिया राईले म्यानमारको कालाव अल्ट्रा ट्रेल रन ५० किमीमा स्वर्ण पदक जितेकी छन्।
  • प्रियाले ५ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा दौड पूरा गरेकी थिइन्।
  • प्रिया एसिया ट्रेल मास्टर्स २०२५ को च्याम्पियन समेत हुन्।

२६ माघ, काठमाडौं । नेपाली अल्ट्रा रनर प्रिया राईले म्यानमारको भएको कालाव अल्ट्रा ट्रेल रनमा स्वर्ण पदक जितेकी छन् ।

उनले म्यानमारको कालावालमा शनिबार भएको कालाव अल्ट्रा ट्रेल रन अन्तर्गत ५० किमीमा स्वर्ण जितेकी हुन् ।

प्रियाले निर्धारित दूरी ५ घण्टा ३८ मिनेट ३९ सेकेण्डमा पूरा गरेकी थिइन् । प्रियाले कोर्स रेकर्डसहित स्वर्ण जित्दै अर्को कीर्तिमान बनाएकी हुन् ।

म्यानमारकी म्यिन्ट म्यिन्ट आये फ्रोमले रजत र ह्त्व न्यनी एनगलले कांस्य जितिन् ।

म्यिन्ट म्यनिटले निर्धारित दूरी ६ घण्टा ११ मिनेट १६ सेकेण्ड तगा न्यनी एनगलले ७ घण्टा ५५ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।

प्रिया राईले पछिल्लो समय अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरूमा लगातार प्रतिस्पर्धा गर्दै उपाधिहरू जित्दै आएकी छन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रपमा नियमित अल्ट्रा ट्रेल रेसहरूमा प्रतिस्पर्धा गरिरहेकी छन् ।
प्रिया एसिया ट्रेल मास्टर्स (एटिएम) २०२५ को च्याम्पियन समेत हुन् ।

खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा प्रियाले गत वर्ष नेपालमा भएको मन्जुश्री ट्रेल र स र जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि जित्दै एसिया ट्रेल मास्टर्सका लागि छनोट भएकी थिइन् ।

प्रिया राई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय