News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्सले आईसीसी टी-२० विश्वकप २०२६ मा नामिबियालाई ७ विकेटले हराउँदै पहिलो जित हासिल गरेको छ।
- नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।
- बास डे लिडेले अविजित ७२ रन बनाए भने नामिबियाका लागि लफ्टी इटनले सर्वाधिक ४२ रन बनाए।
२७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी टी-२० विश्वकप २०२६ मा पहिलो जित हासिल गरेको छ ।
मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नामिबियालाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले २ अंक जोडेको हो । नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
नेदरल्यान्ड्सका लागि बास डे लिडेले ४८ बलमा ५ चौका र ४ छक्कासहित अविजित ७२ रन बनाए । कोलिन एकरम्यानले ३२ रन बनाए । माइकल लेभिटले २८ रन बनाए ।
नामिबियाका लागि बर्नार्ड स्कोल्ज, जेरार्ड एरासमस र जान निकोल लफ्टी इटनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । नामिबियाका लागि लफ्टी इटनले सर्वाधिक ४२ रन बनाए । जान फ्रायलिन्कले ३० तथा जेजे स्मिटले २२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि लोगान भान भिक र बास डे लिडेले २-२ विकेट लिँदा आर्यन दत्त र फ्रेड क्लासेनले १-१ विकेट लिए ।
नेदरल्यान्ड्स यसअघि पाकिस्तानसँगको खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया 4