+
+
Shares

मधेश यात्रामा निस्किए बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १५:०१
तस्वीर : सुरेश राय/अनलाइनखबर

२७ माघ, सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश यात्रामा निस्किएका छन् ।

उनी मधेश प्रदेशको सप्तरी हुँदै सिरहाको औरही, गोलबजार, पुरानो चौक चोहर्वा  र नयाँ चौक–चोहर्वा मार्ग पार गर्दै कल्याणपुरतर्फ प्रस्थान गरेका हुन् ।

कल्याणपुरपछि बालेनले सिरहा र धनुषा जोड्ने कमला नदीको पुल अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी धनुषा हुँदै महोत्तरी जाने कार्यतालिका रहेको जनाइएको छ ।

यात्राका क्रममा बालेनलाई समर्थन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले विभिन्न स्थानमा स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?