२७ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गुफामा लुकाइ राखेको चार थान भरुवा बन्दुक बरामद गरेको छ ।
लुकाइछिपाई राखेका चार थान भरुवा बन्दुक बरामत गरेर आज सार्वजनिक गरेको हो ।
प्रहरीले ताराखोला गाउँपालिका–२ हल्पुखोलास्थित गुफामा लुकाइछिपाई राखिएको अवस्थामा चार थाना भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।
निर्वाचन अघि अवैद्य हात हतियार नियन्त्रण गर्ने योजना अनुसार इलाका प्रहरी कार्यालय हरिचौर अर्न्तगतको प्रहरी चौकी भात खाने डाँडाको प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।
यसअघि प्रहरीले विभिन्न स्थानबाट एक सय १५ थान भरुवा बन्दुक यसअघि नै बरामद गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4