+
+
Shares

दीपक-दीपाको ‘छ माया छपक्कै २’ छायांकन चैतदेखि, कथावस्तु के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०१९ को हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला बन्ने पक्का भएको छ।
  • निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत सिक्वेल आउने औपचारिक घोषणा गरेका छन्।
  • फिल्मको छायांकन चैत पहिलो सातादेखि सुरु हुने र नयाँपुस्ताको राजनीतिको सन्दर्भ थपिनेछ।

काठमाडौं । सन् २०१९ को हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । निर्माताहरूले मंगलबार सिक्वेल आउने औपचारिक घोषणासहितको फोटो ल्याएका छन् ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत सेयर गरेको फोटोमा उनीसहित दीपकराज गिरी, दीपाश्री निरौला, निर्देशक दीपेन्द्र लामा लगायतलाई देख्न सकिन्छ ।

चैत पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा अहिलेसम्म दीपकसहित केकी अधिकारी, प्रकाश घिमिरे दोहोरिने पक्का भएको छ । अघिल्लो भागका अन्य कलाकार समेत दोहोरिने सम्भावना रहेको बताइएको छ ।

यो फिल्ममा दीपक र दीपाको कम्पनी आमा सरस्वती मूभिज नाफा साझेदारको रुपमा जोडिएको छ । ब्यानरको रुपमा रोहित अधिकारी फिल्म्स छ ।

फिल्मको पटकथालाई निर्देशक लामा र दीपकराजले मिलेर लेखेका हुन् । दीपकका अनुसार दोस्रो श्रृंखलामा नयाँपुस्ताको राजनीतिको सन्दर्भ जोडिनेछ ।

‘अघिल्लो भागमा हामीले कम्युनिस्टको कुरादेखि पुरानो पुस्ताको राजनीति जोडेका थियौं’ दीपकले भने, ‘दोस्रो श्रृंखलामा समय सन्दर्भअनुसार नयाँ पुस्ताको राजनीति पनि समावेश हुनेछ ।’

उनका अनुसार फिल्मको एकजना नायक र नायिका अडिसनमार्फत कास्टिङ गर्ने तयारी छ । निर्माता अधिकारीले छायांकन थलो अझै टुंगो लाग्न बाँकी रहेको बताउँदै आफूहरू लोकेसन खोज्ने कार्यमा अझै ब्यस्त रहेको बताए ।

‘छ माया छपक्कै २’ को प्रदर्शन २०८३ सालको दशैंमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?