+
+
Shares

युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १३:०२

२६ माघ, काठमाडौं । रुसी विज्ञान दिवस (फेब्रुअरी ८) को पूर्वसन्ध्यामा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘क्रेमलिन’ मा आयोजित एक विशेष समारोहबीच ‘युवा वैज्ञानिकका लागि राष्ट्रपति पुरस्कार २०२५’ प्रदान गरेका छन् ।

सन् २००८ मा स्थापना भएको यो पुरस्कार ३५ वर्षमुनिका ती युवा वैज्ञानिकहरूलाई दिइन्छ, जसले देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र रक्षा क्षमतामा उल्लेख्य योगदान पुर्‍याएका छन् ।

अलेक्जेन्डर निकिन र पाभेल मोसेयेभले रुसको पहिलो सुरक्षित आणविक ब्याट्री बनाएका छन्। यी ब्याट्रीहरू अन्तरिक्ष र पानीमुनि चार्ज नगरी लामो समयसम्म चल्न सक्छन् ।

रसायनशास्त्री दिमित्री बुटिल्स्कीले पानीबाट लिथियम निकाल्ने नयाँ प्रविधि विकास गरेका छन्, जुन स्मार्टफोन र इलेक्ट्रिक गाडीका ब्याट्री बनाउन अत्यन्त महत्त्वपूर्ण छ ।

आर्ट्योम इसायेभले कडा ब्याक्टेरियासँग लड्न सक्ने भाइरसहरूको अध्ययन गरी चिकित्सा क्षेत्रमा नयाँ आशा जगाएका छन् ।

भिक्टोरिया वेद्युश्किनाको टोलीले लेजर, एआई र क्वान्टम प्रविधिको विकासमा सहयोग पुग्ने जटिल गणितीय विधिहरू तयार पारेको छ ।

पुरस्कार वितरण गर्दै राष्ट्रपति पुटिनले यी आविष्कारहरूले रूसलाई भविष्यका प्रविधिहरूमा अरूको भर पर्नुको साटो आफैँ नेतृत्व गर्ने क्षमता प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रत्येक विजेतालाई ५० लाख रुबल राशिको पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?