+
+
Shares

डोल्मालाई कर छुट दिने निर्णय विरुद्धको आदेशले पायो निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १९:१७

२८ माघ, काठमाडौं । सर्वोच्च अदालतले डोल्मा इन्प्याक फण्डलाई कर छुट दिने सरकारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशहरू महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजलासले यसअघि जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । २४ पुसमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै भेषराज लुईंटेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्चले कर छुट सम्बन्धी कुनै पनि निर्णय नगर्न आदेश दिएको हो । नेपालमा कारोबार गरेर नाफा आर्जन गर्ने तर कर नै नतिरेर रकम लैजाने काम गैरकानुनी भएको भन्दै उनीहरूले कर असुल्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?