+
+
Shares

निर्वाचन केन्द्रित छलफल गर्दै सकियो पृतनापति समन्वयात्मक बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १९:२४

२८ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रीत छलफल गर्दै पृतनापति समन्वयतात्मक बैठक सम्पन्न भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको बैठक आज बुधबार सम्पन्न भएको हो । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए ।

एकीकृत सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा खटिन पनि प्रधानसेनापतिले निर्देशन दिएका थिए । चुनावलाई सुरक्षित तवरले सम्पन्न गर्न उनको निर्देशन थियो ।

बैठकमा वर्तमान परिस्थितीको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्तीका पक्षहरूमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?