+

राइजिङ स्टार्स महिला एसिया कप : पाकिस्तान ‘ए’ ले नेपाललाई दियो १३८ रनको लक्ष्य

२०८२ फागुन  १ गते ९:५३ २०८२ फागुन १ गते ९:५३
राइजिङ स्टार्स महिला एसिया कप : पाकिस्तान ‘ए’ ले नेपाललाई दियो १३८ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • थाइल्यान्डमा सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा पाकिस्तान 'ए' ले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ।
  • पाकिस्तान 'ए' ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको छ, कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन्।
  • नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।

१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तान ‘ए’ ले नेपाललाई  १३८ रनको लक्ष्य दिएको छ ।

तेरथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको हो ।

कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन् । वाहीदा अख्तरले २३ रन बनाइन् । हुरेना सजादले १७ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय