+
+
Shares

माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च

यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विकास बजेट खर्चको लक्ष्य राखेको छ । माघसम्म भने ६३ अर्ब ७२ करोड रुपैयाँमात्र खर्च भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को साउन–माघसम्म १५.२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ।
  • माघसम्म चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत र कुल बजेट खर्च वार्षिक लक्ष्यको ४०.८ प्रतिशत पुगेको छ।
  • सरकारको माघसम्म आम्दानी र खर्चबीच १ खर्ब १९ अर्ब २० करोड रुपैयाँको खाडल देखिएको छ।

१ फागुन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) सम्म १५.२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघसम्म पूँजीगत खर्च न्यून हुँदा चालु खर्च भने चुलिएको छ । चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत भइसकेको छ ।

यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विकास बजेट खर्चको लक्ष्य राखेको छ । माघसम्म भने ६३ अर्ब ७२ करोड रुपैयाँमात्र खर्च भएको छ । उता, ११ खर्ब ८० अर्ब ९८ करोड बराबर चालु खर्च गर्ने लक्ष्य छ ।

माघसम्म ५ खर्ब ६२ अर्ब ३७ करोड खर्च भएको तथ्यांक छ । वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब ७५ अर्ब २७ करोड भएको छ । जुन लक्ष्यको ४६.७१ प्रतिशत बराबर हो । यस वर्ष वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब २४ करोड खर्च गर्ने लक्ष्य छ ।

कार्यालयका अनुसार यस प्रकार कुल बजेट खर्च ८ खर्ब १ अर्ब ३७ करोड रुपैयाँ भएको छ । जुन वार्षिक लक्ष्यको ४०.८ प्रतिशत बराबर भएको छ ।

सरकारको आम्दानी र खर्चबीच सवा १ खर्बको खाडल

माघसम्म सरकारको आम्दानी र खर्चबीच सवा १ खर्ब रुपैयाँ बराबर खाडल छ । सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ६ खर्ब ८२ अर्ब १६ करोड संकलन गरेको छ । खर्च भने ८ खर्ब १ अर्ब ३७ करोड पुगेको छ ।

यसले सरकारको आम्दानी र खर्चबीच १ खर्ब १९ अर्ब २० करोड रुपैयाँको खाडल देखिन्छ । यसको पूर्तिका लागि सरकारले आन्तरिक र वाह्य ऋण लिएर बजेट व्यवस्थापन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?