+

दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

२०८२ फागुन  १ गते १७:२२ २०८२ फागुन १ गते १७:२२
दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता १ फागुनदेखि दशरथ रंगशालामा सुरु हुने भएको छ।
  • प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिम सहभागी हुनेछन् र पुरुष टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने छ।
  • प्रतियोगिताबाट राष्ट्रिय टिम छनोट गरिने र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन्।

१ फागुन, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा दोस्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्णा श्रेष्ठले जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

महिलामा गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम र वाग्मती प्रदेशसहित ५ टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगपछि शीर्ष २ स्थानमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

दुवै समूहमा शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई ५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २ हजार नगदबाट पुरस्कृत गरिने छ ।

महासचिव श्रेष्ठले यसै प्रतियोगिताबाट राष्ट्रिय टिमको छनोट गरी प्रशिक्षणका लागि आवश्यक प्रबन्ध मिलाइने बताइन् । श्रेष्ठले ग्रासरुट तहदेखिनै हक्कीको विकास गर्ने उद्देश्यले विद्यालयमा हक्की विस्तारको अभियानमा संघ क्रियाशिल रहेको बताइन् ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । हक्की संघकै आयोजनामा दशरथ रंगशालामा पहिलोपटक हक्कीको प्रतियोगिता हुन लागेको हो ।

दोस्रो राष्ट्रिय हक्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय