News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
- महिला ४८ केजी सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितिन्।
- यू–१५ पुरुष ४५ केजीमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउँदै स्वर्ण हात पारे।
१ फागुन, काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो ।
महिला ४८ केजीको सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितेको टोलीका प्रशिक्षक समेत रहेका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
यू–१५ पुरुष ४५ केजीमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउदै स्वर्ण हात पारे ।
पुरुष ५७ केजीमा सन्दिप तामाङ तथा पुरुष ६० केजीमा मुकेश लुइटेल खत्रीले कांस्य पदक हासिल गरे ।
प्रतिक्रिया 4