+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मतदातासँग एमालेको आग्रह- लोकप्रियतावादको भ्रमबाट सचेत रहनुस्

‘नेपालको राजनीति के विगत, के आज, के भोलि त्यो चाहीँ लोकप्रियतावादमा होइन, बोर्डर डेमोक्रेटिक फ्रेमवर्कमा रहेर त्यसले परिवर्तन र रूपान्तरणको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ शाहीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १५:१९

२ फागुन, काठमाडौं । नेकपा एमालेले लोकप्रियतावादको भ्रमबाट सचेत रहन मतदातासँग आग्रह गरेको छ । शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमाले आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले देशको लोकतान्त्रिक अभ्यास र दीर्घकालीन राष्ट्रिय हितमाथि क्षणिक तथा भावनात्मक लोकप्रियताले गम्भीर प्रभाव पार्नसक्ने यथार्थ बुझ्न आग्रह गरेको हो ।

‘नेपालको राजनीति के विगत, के आज, के भोलि त्यो चाहीँ लोकप्रियतावादमा होइन, बोर्डर डेमोक्रेटिक फ्रेमवर्कमा रहेर त्यसले परिवर्तन र रूपान्तरणको आकांक्षालाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ शाहीले भने ।

राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्राय: भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहने एमालेको बुझाइ रहेको उनले बताए ।

यस्तै एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको सुदृढीकरणमार्फत समृद्धि हासिल गर्ने दीर्घकालीन सोचसहित अघि बढ्ने संकल्प लिएको प्रचार संयोजक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?