+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट पछि हट्यो राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १५:२५

२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूपको एजेन्डाबाट पछि हटेको छ ।

शनिबार सार्वजनिक गरिएको चुनाव केन्द्रित घोषणापत्रमा राप्रपाले शासकीय प्रणालीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने आफ्नो पूर्व एजेण्डा समावेश गरेको छैन ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा पार्टीभित्र दुई धार थियो । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने शासकीय व्यवस्थाको पक्षमा थिए । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थाको विपक्षमा थिए ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थामा बारेमा घोषणापत्रमा उल्लेख गरिएको छैन । प्रदेशको खारेजको पक्षमा राप्रपा उभिएको छ । दुई तहको मात्रै सरकार हुने हुनुपर्नेमा राप्रपाको जोड छ । केन्द्र र स्थानीय तहको सरकार हुनुपर्ने र स्थानीय तहका जनप्रतिनिधि गैर दलीय हुनुपर्ने पक्षमा राप्रपा देखिएको छ ।

अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने मान्यतामा राप्रपा देखिएको छ । निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधारको आवश्यकता रहेको राप्रपाले जनाएको छ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाको चुनावी एजेण्डा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?