+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एमालेले भन्यो- भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ

‘हिंसा, आगजनी र विध्वंसको सधैँ विरोध गर्छौँ’

‘हामीले भनेको विषय त्यो हो । सिंहदरबार जलाउने, प्रतिनिधिसभा जलाउने, नख्खु जेल तोड्ने जे कुरा भए भन्ने हिसाबमा मुलुक जलाउने कुराको विरोध गरेका हौँ’, शाहीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १५:३०

२ फागुन, काठमाडौं ।  नेकपा एमालेका आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाहीले जेनजी आन्दोलनका जायज पक्षको आफ्नो पार्टीले विरोध नगरेको दाबी गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलन शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा र आगजनीका घटनाको मात्रै एमालेले विरोध गरेको बताएका हुन् ।

‘जेनजी पुस्ताले सुशासनको, भ्रष्टाचार न्यूनीकरण, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जुन कुरा उठाएका थिए, त्यो त हामीले सुरुवात गरिसकेका थियौँ,’ शाहीले भने, ‘त्यसकारण भ्रम नपरोस् जेनजी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेले विरोध गरेको छैन ।’

एमालेले हिंसा, आगजनी र विध्वंसमा मात्रै कुरा उठाएको शाहीले बताए । ‘हामीले कहाँ प्रश्न उठाएका छौँ भने, हामीले भन्नेगरेका छौँ- हामीलाई हिंसा स्वीकार्य छैन । हामीलाई विध्वंस स्वीकार्य छैन । हामीलाई दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले भने ।

राज्यका सम्पत्ति क्षतिग्रस्त पारेको र जेल नै तोडेको विषयको एमाले जहिल्यै विरोध गर्ने पनि उनले बताए । ‘हामीले भनेको विषय त्यो हो । सिंहदरबार जलाउने, प्रतिनिधिसभा जलाउने, नख्खु जेल तोड्ने जे कुरा भए भन्ने हिसाबमा मुलुक जलाउने कुराको विरोध गरेका हौँ’, शाहीले अगाडि भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?