+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

काठमाडौं प्रहरीको आग्रह- महाशिवरात्रिमा गरगहना लगाएर मन्दिर नगइदिनुस्

पशुपतिनाथ मन्दिरलगायतका भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १८:४१

२ फागुन, काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा मन्दिरको दर्शन गर्न जाँदा महँगा गरगहना लगाएर अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले शनिबार १३ बुँदे ‘एडभाइजरी’ जारी गर्दै बहुमूल्य सामग्रीको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

पशुपतिनाथ मन्दिरलगायतका भीडभाड हुने क्षेत्रमा चोरी तथा लुटपाटका घटना हुनसक्ने भन्दै प्रहरीले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरेको छ ।

यस्तै मन्दिरमा झोला नल्याउन, पशुपति क्षेत्रको मापदण्ड बमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्री निषेध गरिएकाले निषेधित  सामानको प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

सँगै दूध, गंगाजललगायत सामाग्री बोक्न पनि फुट्ने सिसाका भाँडा प्रयोग नगर्न पनि प्रहरी उपरिक्षक भट्टराईले आग्रह गरेका छन् ।

यस्तै, प्रहरीले तोकिएको कक्षमा जुत्ताचप्पल राखेर मात्र मन्दिर प्रवेश गर्न र पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो बारिरिन पनि आग्रह गरेको छ ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा सबै प्रकारका मोबाइल फोन, क्यामरालगायत सामग्रीको प्रयोग निषेध गरिएको विषय पनि प्रहरीले स्मरण गराएको छ ।

यस्तै प्रहरीले अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, कुनै सामान वा व्यक्ति हराएमा वा अन्य कुनै समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

यस्तो छ प्रहरीको १३ बुँदे ‘एडभाइजरी’

May be an image of blueprint and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?