News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली हार्ड रक ब्यान्ड द स्याडोजले लामो समयपछि नयाँ गीत \'चोर\' शीर्षकमा निकाल्दै पुनः सक्रिय हुने संकेत दिएको छ।
लामो समयदेखि निष्क्रिय रहेको नेपाली हार्ड रक ब्यान्ड द स्याडोज नेपाल पुन: सक्रिय हुने भएको छ । ब्यान्डले आफ्नो नयाँ गीतको पोस्टर सार्वजनिक गर्दै सक्रिय हुने संकेत दिएको हो ।
ब्यान्डका अनुसार नयाँ गीत ‘चोर’ शीर्षकमा हुनेछ । ‘स्टे ट्युन्ड’ लेखेर पोस्टर शेयर गरेको ब्यान्डले गीतबारे थप जानकारी भने राखेको छैन । चितवनबाट उदाएको यो ब्यान्डको नयाँ गीत राजनीतिसँग सम्बन्धित हुने अनुमान गरिएको छ ।
यद्यपि ब्यान्डका समर्थकहरू भने द स्याडोज नेपाल पुन: सक्रिय हुन लागेको खुसी व्यक्त गरिरहेका छन् ।
नेपालमा यो ब्यान्डको ‘के पाइस् नेपाली’, ‘हिड्ने मान्छे लड्छ’ जस्ता गीतहरू अत्याधिक चर्चामा छन् । तर, ब्यान्डका मुख्य गायक स्वपनिल शर्मा स्वर नामक अर्को ब्यान्डमा सक्रिय हुँदा र केही ब्यान्ड सदस्य देश बाहिर हुँदा पछिल्लो समय ब्यान्डले कुनै पनि गीत निकाल्न पाएको थिएन ।
यद्यपि ब्यान्ड पुन: नयाँ गीत सहित आउने भएपछि धेरैले ‘वेलकम ब्याक ब्यान्ड’ भनेर कमेन्ट गरिरहेका छन् । यसबारे अनलाइनखबरले बुझ्न प्रयासगर्दा ब्यान्डसँग सम्पर्क स्थापित हुन सकेन ।
प्रतिक्रिया 4