+

नेयमारको गोलमा ब्राजिलले कोलम्बियालाई हरायो

२०७१ भदौ  २१ गते ९:१७ २०७१ भदौ २१ गते ९:१७
नेयमारको गोलमा ब्राजिलले कोलम्बियालाई हरायो

२१ भदौ, काठमाडौं । नेयमारको गोलको मदतमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।

Neymar-2शनिबार विहान भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले १० खेलाडीमा सिमित कोलम्बियामाथि १–० को जित निकालेको हो ।

दोस्रो हाफको सुरुमा कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । ४९ औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका क्वान कदरदो मैदानबाट बाहिरिए ।

खेलको ८३ औं मिनेटमा नेयमारले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै ब्राजिललाई जित दिलाए ।

कोलम्बियाले राडामेल फल्काओलाई ७७ औं मिनेटमा रोड्रिग्वेजको स्थानमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गराएको थियो ।

यसअघि घरेलु मैदानमा भएको विश्वकपको क्वाटरफाइनलमा ब्राजिलले २–१ को जित निकालेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय