+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अछाम- २ : उज्यालो पार्टीका उम्मेदवार निष्क्रिय, रास्वपाका शाहलाई समर्थन

उनेपा उम्मेदवार रावलले परिवर्तनको मुद्दालाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवार शाहलाई समर्थन गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:०१

३ फागुन, अछाम । अछाम–२ मा उज्यालो नेपाल पार्टी (उनेपा) का उम्मेदवार राजेश रावलले उम्मेदवारी निष्क्रिय पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्दै उनेपा उम्मेदवार रावलले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् ।

आइतबार दुवै उम्मेदवारले सहमतिपत्रमा हस्ताक्षर गरेपछि रावलले उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । उनेपा उम्मेदवार रावलले परिवर्तनको मुद्दालाई बलियो बनाउन उम्मेदवारी फिर्ता लिएर रास्वपा उम्मेदवार शाहलाई समर्थन गरेको बताए ।

यस्तै आफू निर्वाचित भएपछि रावलसँग सहमतिअनुसार काम गर्ने रास्वपा उम्मेदवार शाहले बताए । ‘हामीले अछाम-२ का आम मतदाताको चाहनाअनुसार नै सहमति गरेका हौँ,’ उनले भने, ‘म निर्वाचित भएपछि हामी दुई जनाकै एजेन्डाहरूलाई अगाडि बढाउनेछु ।’ सहमतिमा दुवै पक्षले परिवर्तनमुखी राजनीति, जनउत्तरदायी नेतृत्व र सुशासनलाई प्राथमिकता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?