+
+
Shares

गुल्मीमा कुखुराको मासुको मूल्य वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते ७:४०

५ फागुन, गुल्मी । गुल्मीमा बोइलर कुखुराको मासुको मूल्य बढेको छ । यसअघि प्रतिकिलो ४२० रुपैयाँमा बिक्री हुँदै आएको कुखुराको मासु अब बढेर प्रतिकिलो ४४० रुपैयाँ पुगेको छ ।

गुल्मी उद्योग वाणिज्य संघ मा सरोकारवालाबीच भएको छलफलले कुखुराको मासुको नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो । पछिल्लो समय तम्घास बजारमा कुखुराको अभाव देखिएको छ ।

मासु व्यवसायी संघ गुल्मीका अध्यक्ष लिलबहादुर बस्नेतका अनुसार कुखुरा पाल्ने कृषकहरूको संख्या घट्नु र आपूर्ति कम हुनु मूल्य वृद्धिको मुख्य कारण भएको बताए ।

बजारमा उपभोक्ताको माग बढ्दो भए पनि आपूर्ति पर्याप्त नहुँदा मासुको अभाव सिर्जना भएको उनले बताए । बजारमा पर्याप्त कुखुरा उपलब्ध हुनासाथ मूल्य घटाउन व्यवसायी तयार रहेको गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष ताराप्रसाद भुसालले जानकारी दिए ।

तीन महिनाअघि पर्याप्त उत्पादन हुँदा मासुको मूल्य ४४० रुपैयाँबाट घटाएर ४२० रुपैयाँ कायम गरिएको थियो । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जंगबहादुर कुँवरले हालको मूल्य वृद्धि बाध्यात्मक निर्णय भएको बताए ।

उनका अनुसार उपभोक्ताको मागअनुसार उत्पादन बढाउन र कुखुरापालक कृषकको संख्या वृद्धि गर्न आवश्यक रहेको बताए । तम्घास बजारमा हाल खसीबोकाको मासुको मूल्य भने प्रतिकिलो ९६० रुपैयाँ कायम छ ।

गुल्मी उद्योग वाणिज्य संघ का अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले कृषकलाई फाइदा पुग्ने र व्यवसायी तथा उपभोक्तालाई अत्यधिक मार नपर्ने गरी सहमतिमा नयाँ मूल्य निर्धारण गरिएको बताए । नयाँ मूल्य फागुन ५ आजदेखि लागू हुने जनाइएको छ ।

कुखुराको मासुका लागि गुल्मीले छिमेकी जिल्ला बुटवल,चितवन, र अर्घाखाँची जिल्ला मा निर्भर रहनुपर्ने अवस्था छ । केही दिनअघि ती जिल्लाहरूमा समेत कुखुराको मासुको मूल्य वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?