News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
- नेपालले करण केसीको ठाउँमा सन्दीप जोरालाई खेलाउने निर्णय गरेको छ, जो दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन्।
- सन्दीप जोराले नेपालका लागि ३८ खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन् र मिडल अर्डरमा ब्याटिङ गर्ने गर्छन्।
५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय गरेका छन् ।
नेपाल र स्कटल्यान्ड दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुवै टोली जितका साथ प्रतियोगिता सकाउने लक्ष्यमा छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरेको छ भने नेपाल अझै जितविहीन छ ।
नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । करण केसीको ठाउँमा सन्दीप जोराले खेल्दै छन् । उनले यसअघि सन् २०२४ को संस्करणमा पनि खेलेका थिए ।
आज नेपालको पहिलो रोजाइ ब्याटिङ हेभी देखिएको छ । सोमपाल कामी, सन्दीप लामिछाने र नन्दन यादव मुख्य बलरको रुपमा छन् भने दीपेन्द्र सिंह ऐरी अलराउण्डरको रुपमा छन् । उनले स्पीन बलिङ गर्छन् ।
यस्तै अलराउण्डरद्वय आरिफ शेख र गुल्सन झाले मिडियम पेस बलिङ गर्द्छन् । यसअघि तीन खेलमा बलिङ गरेका गुल्सनले बलिङ गरेनन् ।
नेपाली टोलीमा रहेका १५ सदस्य मध्ये बसिर अहमदले मात्र कुनै खेल खेल्न पाएनन् भने शेर मल्ल र ललित राजवंशीले समान एक खेल खेले ।
सन्दीप जोराले दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । २४ वर्षीय जोरा दाँयाहाते ब्याटर हुन् । उनले मिडल अर्डरमा खेल्ने गर्छन् ।
जोराले सन् २०१९ मा दुबईमा भएको यूएईसँगको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए ।
जोराले नेपालका लागि ३८ खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन् । गत संस्करणमा जोराले १ खेल खेल्दा १ रन मात्र बनाएका थिए ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्शन झा, लोकेश बम
प्रतिक्रिया 4