५ फागुन, काठमाडौं । बुधबार र बिहीबार सार्वजनिक बिदाका दिनमा समेत राहदानी विभाग दिउँसो १ बजेसम्म खुला रहने भएको छ ।
बुधबार ग्याल्पो ल्होसार र बिहीबार प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा परेको छ । यी दुई दिन बिहान १० बजेदेखि १ बजेसम्म विभाग खुला रहने भएको हो ।
सोही अवधिमा बुधबार राहदानी वितरणको काम निरन्तर हुने भएको छ । बिहीबार भने राहदानीका लागि आवेदन फारम संकलन गरिने समेत विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4