+
+
Shares

रास्वपाको विदेश नीति- विकास कूटनीति : रवि लामिछाने

‘हामीले सोचेको डेभेलोपमेन्ट डिप्लोमेसीका रूपमा हामी यसलाई अगाडि लिएर जान्छौँ । विकासलाई केन्द्रमा राखेर लिएको कूटनीतिले मात्रै हामीलाई अगाडि लिएर जान्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते २०:२५

५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले ‘विकास कूटनीति’लाई केन्द्रमा राखेर अघि बढ्ने बताएका छन् । मंगलबार चुनावी कार्यक्रमका लागि सुदूरपश्चिम पुगेका बेला धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

‘पार्टीपिच्छे फरक विदेश नीति हुन्छ भन्ने हुँदैन । राष्ट्रको एउटा विदेश नीति हुन्छ ।  त्यसलाई अझ परिपक्व बनाउने पार्टीका नीतिहरू हुन्छन्,’ लामिछानेले भने, ‘भूराजनीतिक स्तरमा हामी जहाँ अवस्थित छौँ, त्यहीँअनुसार हाम्रो राष्ट्रले नीति बनाएको छ ।’

रास्वपा नेपालले हालसम्म लिएको परराष्ट्र नीतिमै प्रतिबद्ध रहेको पनि उनले बताए । ‘रास्वपा त्यही नीतिमा कटिबद्ध छ । असलंग्न परराष्ट्र नीति छ । सबैसँग सौहार्द्धपूर्ण वातावरणमा हामीले सम्बन्ध राखेका छौँ,’ उनले भने ।

यद्यपि रास्वपाले सोचेको परराष्ट्र नीति भूराजनीतिमा मात्रै सीमित नहुने उनले बताए । ‘हामीले सोचेको डेभेलोपमेन्ट डिप्लोमेसीका रूपमा हामी यसलाई अगाडि लिएर जान्छौँ,’ उनले भने, ‘विकासलाई केन्द्रमा राखेर लिएको कूटनीतिले मात्रै हामीलाई अगाडि लिएर जान्छ । बाँकी सबैलाई सम्मान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?