+
टी-२० विश्वकप २०२६ :

टी-२० विश्वकप : डेथ ओभरमा प्रभावशाली बलिङ, नेपाललाई १७१ रनको लक्ष्य

२०८२ फागुन  ५ गते २२:०२ २०८२ फागुन ५ गते २२:०२
टी-२० विश्वकप : डेथ ओभरमा प्रभावशाली बलिङ, नेपाललाई १७१ रनको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको छ।
  • स्कटल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो, माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए।
  • नेपालका सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए र टी२० विश्वकपमा सर्वाधिक ९ विकेट लिने खेलाडी बने।

५ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे स्टेडियममा नेपालले जितेर बलिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

ओपनर माइकल जोन्सको अर्धशतक प्रेरित स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो ।

स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । यस्तै जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे । नेपालका सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए ।

पहिलो १० ओभरमा १ विकेट मात्र गुमाएर ८० रन बनाएको स्कटल्यान्डले त्यसपछि १० ओभरमा ९० रन जोड्दा ६ विकेट गुमाएको थियो ।

माइकल जोन्स र जर्न मुन्सेको सुरुवात

सुरुवाती १० ओभरमा स्कटिङ ब्याटरले नेपाली बलरमाथि डोमिनेट गरेपनि पहिलो विकेट लिएपछि भने नेपालले खेलमा केही दबाब सिर्जना गरेको थियो । १० ओभरपछि भने खेलमा नेपालले डोमिनेट गरेको थियो ।

ओपनरद्वय माइकल जोन्स र जर्ज मुन्सेले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै स्कटल्यान्डका लागि राम्रो सुरुवात दिलाएका थिए ।

नेपालका लागि चार बलरले विकेट लिन नसकेपछि कप्तान रोहित पौडेलले आफैँ बलिङ गर्दै ब्रेक थ्रो दिलाएका थिए । आठौं ओभरमा आएका रोहितले ६ रन दिएका थिए भने दशौँ ओभरको अन्तिम बलमा ओपनर जर्ज मुन्सेलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । मुन्सेले २९ बल खेल्दै ४ चौका मदतमा २७ रन बनाए ।

दोस्रो विकेटका लागि पनि माइकल जोन्सले ब्राण्ड म्याकुमलेनसँग अर्धशतकिय (५२ रन) साझेदारी गरे ।

सोमपालको डबल विकेट ओभर:

अन्तिम पाँच ओभरमा नेपाली बलरले लगातार विकेट लिँदै स्कटल्यान्ड दबाबमा राख्यो । १६औं ओभरमा दोस्रो स्पेल लिएर आएका सोमपालले एकै ओभरमा दुई विकेट लिए ।

उनले अर्धशतक बनाएर अघि बढिरहेका माइकल जोन्सलाई १६औं ओभरको दोस्रो बलमा बोल्ड गरे भने त्यसपछि चौथो बलमा म्याकमुलेनलाई कट एण्ड बोल्ड गरे । म्याकुलमलाई १५ रन हुँदा सन्दिप जोराले क्याच ड्रप गरेका थिए । तर सोमपालले भने आफ्नै बलिङमा विकेट लिए ।

यो दुई विकेट पछि सोमपाल टी२० विश्वकपमा नेपालका लागि सर्वाधिक (९) विकेट लिने खेलाडी बने । यसअघि दीपेन्द्र सिंह ऐरी ८ विकेटसहित अघि थिए ।

डेथ ओभरमा नेपालको कमाल

सोमपालले एक ओभरमा दुई विकेट लिएपछि नेपालले हरेक ओभरमा विकेट लिएको थियो । नेपालले अन्तिम ओभर ओभरमा ६ विकेट लिँदा ३९ रन मात्र खर्चेको थियो । यस विश्वकपमा डेथ ओभरमा नेपालको यो उत्कृष्ट बलिङ हो ।

१७औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले स्कटिस कप्तान रिची बेरिङटनलाई सन्दिप जोराबाट क्याचआउट गराए । बेरिङटनले ६ बलमा १० रन बनाएर आउट भए ।

१८औं ओभरमा नन्दन यादवले म्याथ्यु क्रस (४ रन) लाई बोल्ड गरे । सोमपालले १९औं ओभरको चौथो बलमा टम ब्रुस (५) लाई बोल्ड गर्दै व्यक्तिगत तेस्रो र टिमको छैटौं सफलता दिलाए ।  नन्दनले २०औं ओभरमा माइकल लिस्कलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए ।

सुरुवाती तीन खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउन अन्तिम अवसरको रुपमा छ । कम्तीमा अन्तिम खेल जित्दै समर्थकहरुका लागि खुशी दिने लक्ष्यमा नेपाली टोली छ ।

आईसीसी टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय