News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डमाथि ७ विकेटको जित निकाल्यो।
- दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गर्दै नेपालको जित सुनिश्चित गरे।
- नेपाल समूह चरणबाट बाहिरिसकेको भएपनि समर्थकहरूले वानखेडे स्टेडियमबाहिर चार घण्टा अगाडि देखि उत्सव मनाए।
६ फागुन, मुम्बई । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा मंगलबार सान्त्वना जित निकाल्यो ।
नेपाल समूह चरणबाट बाहिरिसकेको भएपनि नेपाली समर्थकहरूको उल्लासमा भने कुनै कमी देखिएको थिएन । वानखेडे स्टेडियमबाहिर मरिन ड्राइभमा नेपाली समर्थकहरू करिब ४ घण्टा अगाडिदेखि नै उपस्थित भएका थिए ।
समूह चरणका सुरुवाती तीन खेलमा पराजित भएपनि नेपालले अन्तिम खेलमा स्कटल्यान्डमाथि ७ विकेटको शानदार जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्यो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरी आज पनि नायक बने । १७१ रनको लक्ष्य पछ्याउँदा रनरेट स्लो भएको अवस्थामा दीपेन्द्रले २३ बलमा अर्धशतक पूरा गर्दै नेपालको जितको आधार तय गरे ।
दीपेन्द्रसँगै गुल्शन झाले पनि क्यामिओ पारी खेले । दीपेन्द्र ५० रनमा अविजित रहँदा गुल्शन २४ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेलले ४३ अनि आसिफ शेखले ३३ रन बनाए ।
नेपालको जितपछि वानखेडे स्टेडियममा जितको उल्लास देखिएको थियो ।
तस्वीरहरू








प्रतिक्रिया 4