+
+
Shares

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते ११:४५

६ फागुन, काठमाडौं । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।

मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?