+

लुम्बिनी प्रदेशले जित्यो पाँचौं गैंडाकोट मेयर कप क्रिकेटको उपाधि

२०८२ फागुन  ६ गते १२:२६ २०८२ फागुन ६ गते १२:२६
लुम्बिनी प्रदेशले जित्यो पाँचौं गैंडाकोट मेयर कप क्रिकेटको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशले नवलपुरमा भएको पाँचौं गैडाकोट मेयर कप राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ।
  • फाइनल खेलमा लुम्बिनीले मधेश प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
  • उपाधि जितेको लुम्बिनीले ३ लाख र उपविजेता मधेश प्रदेशले २ लाख रुपैयाँ प्राप्त गरेको छ।

६ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशले नवलपुरमा भएको पाँचौं गैडाकोट मेयर कप राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । नवलपुरको नवजागरण क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा मधेश प्रदेशलाई ९ विकेटले पराजित गर्दे लुम्बिनीले उपाधि जितेको हो ।

मधेश प्रदेशले दिएको ९० रनको लक्ष्य लुम्बिनीले ९ ओभर २ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि ओपनर देव खनालले ४२ बलमा ६१ रनको अविजित इनिन्स खेले । सम्राट भुसालले अविजित १५ रन बनाए । बलिङमा मधेशका विशाल पटेलले एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको मधेशले १९ ओभर २ बलमा ८९ रनमा समेटिएको थियो । मधेशका अनिलकुमार शाहले सर्वाधिक ४४ रन बनाए ।

रुपेश सिंहले १५, साहिल पटेलले ९ र मयन यादवले ७ रन बनाए । बलिङतर्फ लुम्बिनीका अजय चौहान र निर्मल गुरुङले समान ३–३, कृष्ण कार्की र सलौदिन खानले एक-एक विकेट लिए ।

उपाधि जितेको लुम्बिनीले ३ लाख र उपविजेता बनेको मधेश प्रदेशले २ लाख रुपैयाँ प्राप्त गरे ।

पाँचौं गैडाकोट मेयर कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय