+
+
Shares

रास्वपा उम्मेदवार सस्मितको घोषणापत्र सार्वजनिक, प्राथमिकतामा शैक्षिक सुधार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १६:५४

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार सस्मित पोखरेलले नेपाली,अङ्ग्रेजी र नेवारी भाषामा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उम्मेदवार पोखरेलले मंगलबार डिजिटल माध्यममार्फत घाेषणापत्र सार्वजनिक गरेका हुन् ।

उक्त घोषणापत्रले समावेशी र प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिने उनले बताएका छन् ।

पोखरेलले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सम्पदा संरक्षण, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, नोम्याड भिसा नीति कार्यान्वयन, रोजगारी सिर्जना तथा युवा र महिला सशक्तीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।

उनका अनुसार, बहुभाषिक घोषणापत्र सार्वजनिक गर्नुको उद्देश्य क्षेत्रका विविध समुदायसम्म प्रत्यक्ष पहुँच पुर्‍याउनु र स्थानीय भाषा तथा संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो।

‘सबै समुदाय र वर्गलाइ समेट्नेगरी घाेषणापत्र ल्याएका छाैँ । हामी सबैका मुद्दालाई सँगसँगै लिएर हिंड्छाैँ । नजिक र पराइकाे काेही हुँदैनन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?