+
+
Shares

जो देश बेच्ने दलाल हो, उही राष्ट्रवादको कुरा गर्छ : प्रभु साह

‘देश अहिले संकटबाट गुज्रिरहेको छ । यो कुरा ठिकसँग बुझिदिन म आग्रह गर्छु,’ साहले भने, ‘देशको अवस्था छद्मभेषी छ । जे सुनिरहनुभएको छ, त्यो व्यवहारमा छैन । जो देखिरहेका छौँ त्यो भित्र छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १९:३१

६ फागुन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा अहिले छद्मभेषीहरूको बहुल्यता देखिएको टिप्पणी गरेका छन् । बुधबार रौतहट-३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले छद्मभेषीकै कारण देश संकटमा रहेको बताएका हुन् ।

‘देश अहिले संकटबाट गुज्रिरहेको छ । यो कुरा ठिकसँग बुझिदिन म आग्रह गर्छु,’ साहले भने, ‘देशको अवस्था छद्मभेषी छ । जे सुनिरहनुभएको छ, त्यो व्यवहारमा छैन । जो देखिरहेका छौँ त्यो भित्र छैन ।’

अहिले देखिरहेका नेताहरूले भाषणमा एक गरिरहे पनि काम भने अर्कै गरिरहेको उनले बताए । ‘जो देश बेचिरहेका दलाल छन्, उनीहरू राष्ट्रवादको कुरा गरिरहेका छन्,’ उनले भने ।

जो मान्छेलाई मान्छे नै गन्दैन्, उही लोकतन्त्रको कुरा गरिरहेको अध्यक्ष साहले टिप्पणी गरे । ‘जसले जिन्दगीमा केही गरेको छैन, उही विकासको कुरा गरिरहेको छ,’ अध्यक्ष साहले भने ।

सबैभन्दा पुरानो, थोत्रो जो छ, उही आफूलाई नयाँ भनिरहेको पनि उनले बताए । उनले अगाडि भने,  ‘जो भ्रष्टाचारी छ, उही सुशासनको नारा दिइरहेको छ । जो अत्याचारी छ, उही न्यायको कुरा गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?