News Summary
Generated by OK AI. Editorially reviewed.- मतदाता आफ्नो देशप्रतिको माया र नेतृत्व परिवर्तनको आवश्यकता बारे चिन्तित छन्।
म आफैं यो देशको दास मतदाता, यो देशको माया छ भनी, कसरी देखाउन सक्छु र,
वस्तु खरिद गरेको पो तुरुन्तै फिर्ता हुन्छ, नेता फेर्न चुनाव नआई, कसरी सक्छु र,
धिक्कार लाग्छ कहिलेकाहीँ आफैंदेखि, भोट हालेको अनुभव कहाँ काम लाग्छ र ?
धेरैलाई जिताई पठाइयो, यो सुन्दर देशलाई संरक्षण र जनताको अभिभावक बन्ने नेता, कसरी बनाउन मिल्ला र?
मत अभिव्यक्ति र दान निःस्वार्थ दिनू, यो पनि खरिद बिक्री गरी, कुन जनता धनी भएको होला र,
देश र जनताको हित बिर्सी, सर्पजस्तो डस्ने स्वभाव भएका, स्वार्थी नेतालाई मतदान गरे पछि, देशले कसरी काचुली फेर्ला र
जित्ने मात्र एक जनाले हो, तर चुनाव लड्ने सबै उमेदवारलाई जित्ने भ्रम किन पैदा नहोला र,
साम, दाम, दण्ड, भेद सबै प्रकारका अस्त्र प्रयोग गर्छन् ,बिचलित नभई, नीति र नेतृत्वको बारेमा प्रश्न सोध्ने अधिकार किन नहोला र,
चुनावका बेलामा आफ्नो परिवारको सदस्य जस्तै झुम्मिने र जितका लागि अभिनय गर्न नजान्ने नेता को होला र,
विकास मात्र होइन विनाश नगर्ने र शान्ति कायम मात्र होइन, द्वन्द्व नफैलाउने नीति जसको छ, त्यो पार्टी वा नेतालाई भोट हाल्दा के बिग्रिएला र
भाषणले पेट भरिने र आश्वासन र निर्देशनले, देशमा सुशासन आएको भए, किन ? बेलाबेलामा विद्रोह हुन्थ्यो होला र,
अबको चुनावमा स्मार्ट मतदाता भई, हाम्रो फूलबारीमा डुल्ने भमरा जस्तो अवसरवादी भन्दा, सामूहिक भावना र मेहनत गर्ने
माहुरी जस्तो नेतालाई छान्दा, हजुर हाम्रो के नै जान्छ होला र !
प्रतिक्रिया 4