+
+
Shares

नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड, भन्छिन्- औधी खुसी छु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्स्टाग्रामले पहिलोपटक नेपाली मोटोभ्लगर सुरक्षा केसीलाई आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ।
  • सुरक्षाले इन्स्टाग्रामको आग्रहअनुसार रिल्स बनाएर अमेरिका पठाएकी थिइन्।
  • सुरक्षा म्याग्दीको धारापानी घर भएकी २३ वर्षिया कन्टेन्ट क्रिएटर हुन् र उनलाई इन्स्टाग्राममा ६ लाख २ हजारले पछ्याउँछन्।

काठमाडौं । चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो ।

इन्स्टाग्रामले उनलाई फलो समेत गरेको छ । इन्स्टाग्रामले गतमहिना रिल्स बनाएर पठाउन सुरक्षालाई आग्रह गरेको थियो । उक्त आग्रहअनुसार नै, आफूले रिल्स बनाएर अमेरिका पठाएको सुुरक्षाले बताइन् ।

इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको उक्त रिल्स पोस्ट गरेको छ । ‘इन द मोमेन्ट’ क्याप्सन लेख्दै इन्स्टाग्रामले भिडियो पोस्ट गरेको छ । ‘एकदमै खुसी लागेको छ । संसारको लोकप्रिय सोसल मिडियाको रिल्समा फिचर्ड हुनु पाएकी छु’ सुरक्षाले अनलाइनखबरसँग खुसी बाँडिन् ।

म्याग्दीको धारापानी घर भएकी सुरक्षा इन्स्टाग्रामले आफूलाई यति ठूलो मौका दिनुले नेपालको पर्यटन प्रवर्धन र ‘कन्टेन्ट क्रिएटर’ समाजलाई खुसीको कुरा भएको बताइन् । ‘तपाईंको धेरै हाइप छ । एउटा रिल्स बनाएर पठाउनुहोस्’ इन्स्टाग्रामको आग्रहलाई सम्झिँदै रिल्स पठाएको बारे सुरक्षाले भनिन् ।

२३ वर्षिया सुरक्षा नेपाली मोटोभ्लगरबीच चर्चित नाम हो । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ६ लाख २ हजार छ । टिकटक र युट्युबमा उनलाई पछ्याउनेको संख्या पनि उच्च छ ।

 

View this post on Instagram

 

A post shared by Instagram (@instagram)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?