+
+
Shares

जेनजी आन्दोलनमा आगजनी र तोडफोडमा संलग्नलाई एमालेले भन्यो- अराजक तत्व

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १४:४२

७ फागुन, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नलाई नेकपा एमालेले अराजक तत्वको संज्ञा दिएको छ ।

बिहीबार सार्वजनिक एमालेको घोषणापत्रमा क्षति भएका संरचनाहरूको एक वर्षभित्रै पुन: निर्माण गर्ने प्रतिवद्धता जनाइएको छ ।

‘देशमा अराजक तत्वबाट गत भदौ २३ र २४ मा भएको आगजनी र तोडफोडबाट क्षति भएका सिंहदरबार, सर्वोच्च अदालत, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रहरी चौकी, पालिका कार्यालयलगायतका सार्वजनिक भवनको एक वर्षभित्रै पुन: र्निर्माण गर्नेछौं’ घोषणापत्रमा उल्लेख छ ।

आगजनी र तोडफोडबाट निजी क्षेत्रका सम्पत्तिमा भएको क्षतिको मूल्यांकन गरी पुनर्निर्माणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने एमालेको प्रतिवद्धता छ । अगाडिद भनिएको छ, ‘बीमित संरचना र व्यवसायको बीमा भुक्तानी चाँडै सम्पन्न गराउने छौं ।’

आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने पनि उसको घोषणा छ । अगाडि भनिएको छ, ‘सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्ति पहिचान गरी कानूनी दायरामा ल्याउने छौं। दण्डहीनताको अन्त्य गर्नेछौं ।’

यसका साथै, गत वर्षदेखिको बाढी, पहिरो तथा पश्चिम नेपालमा गएको भूकम्पले क्षति पुर्‍याएका संरचनाको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने पनि एमालेको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?