+
+
Shares

सोल्टी होटल्सले मनकामनामा खोल्यो लक्जरी रिसोर्ट 

सोल्टी होटल्सका अनुसार १ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ कोठा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोल्टी होटल्स एन्ड रिसोर्ट्सले मनकामना मन्दिर नजिक १ सय रोपनी क्षेत्रमा ५१ कोठासहित लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ।
  • रिसोर्टमा ३ हजार २ सय वर्गमिटरको ब्यांक्वेट हल, स्विमिङ पुल, रेस्टुरेन्ट, लबी बार, टेरेस, बगैँचा लगायत सुविधा उपलब्ध छन्।
  • सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना ब्रान्डले धार्मिक, आध्यात्मिक पर्यटक र कर्पोरेट यात्रुका लागि उपयुक्त वातावरण प्रदान गर्नेछ।

७ फागुन, काठमाडौं । सोल्टी होटल्स एन्ड रिसोर्ट्सले प्रमुख पवित्र धार्मिक स्थल मनकामना मन्दिर नजिक लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

सोल्टी होटल्सका अनुसार १ सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ५१ कोठा छ । त्यस्तै ३ हजार २ सय वर्गमिटरको ब्यांक्वेट हल, ५५ वर्गमिटरको बैठक कक्ष, स्विमिङ पुल, रेस्टुरेन्ट, लबी बार, टेरेस, बगैँचा लगायत सुविधा उपलब्ध छ ।

‘होटल सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना रिसोर्ट्स’ को स्वामित्व मनकामना रिट्रिट रिसोर्टस एन् स्पा प्रालिमा निहित छ । सोल्टी होटल्स एन्ड रिसोर्ट्सले सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना ब्रान्डमा व्यावस्थापन तथा सञ्चालन गर्ने छ । सोल्टी चेन होटल विस्तार क्रममा यो सोल्टीको नयाँ रिसोर्ट हो ।

सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना सोल्टी ब्रान्डको विस्तार रणनीतिमा महत्त्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । यसले नेपाल  तथा अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डलाई नेपालको परिप्रेक्ष्यमा सुदृढ गर्ने सोल्टी होटेल्स एन्ड रिसोर्टस्को प्रतिबद्धतालाई सबल र सशक्त पार्दै देशभरिका प्रमुख पर्यटन गन्तव्य, धार्मिक र आध्यात्मिक स्थल, मनोरञ्जनात्मक गन्तव्य र व्यावसायिक यात्रा गन्तव्यलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने उद्धेश्य निहित छ ।

यो रिसोर्ट धार्मिक तथा आध्यात्मिक पर्यटक तीर्थयात्री, छुट्टी मनाउन भ्रमण गर्ने पर्यटक, व्यावसायिक भ्रमण गर्ने कर्पोरेट यात्रु, सभासमारोह तथा बैठकमा सहभागिता जनाउने गन्तव्यका अतिथि र पारिवारिक जमघटका लागि उपयुक्त गन्तव्यका रूपमा डिजाइन गरिएको छ ।

रिसोर्ट मनकामनामा अत्याधुनिक सुविधासम्पन्न पाहुना कोठासहित समकालीन नेपाली आतिथ्य सुविधाको सम्मिश्रण रहेको छ । रिसोर्टमा फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बेबी पुल भएको स्वीमिङ पूल, बालबालिका क्षेत्र, जगिङ ट्र्याक लगायत सुविधा पनि उपलब्ध छ ।

नेपालको एकमात्र स्वदेशी पाँचतारे होटल चेनका रूपमा सोल्टी होटल्स एन्ड रिसोर्ट्सले आफ्नो गहन नेपालीपन र अन्तर्राष्ट्रिय आतिथ्य मापदण्ड कायम राख्न सफल भएको जनाएको छ ।

सोल्टी होटल्स् एन्ड रिसोर्ट्सको सोल्टी हेरिटेज क्लब सञ्चालनमा छ जसले सोल्टी ब्रान्डको विशेष लोयल्टी कार्यक्रमका माध्यमबाट आफ्ना पाहुनालाई विशिष्ट सेवा सुविधा, अतिथिमा आधारित व्यक्तिगत सेवा र विस्तारित पोर्टफोलियोमा विशेष अनुभवसँग पुरस्कृत गर्दै सुविधा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?