News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री निरुताले आगामी एक्सन फिल्म 'पारस' मा निखिल उप्रेतीसँग अनुबन्धित भएकी छन्।
- फागुन अन्त्यदेखि कृषा चौलागाईं निर्देशित 'पारस' को छायांकन सुरु हुने तयारी छ।
- भारतीय पटकथाकार सचिन लादियाले 'पारस' को पटकथा लेखेका हुन्।
काठमाडौं । आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्ममा अनुबन्धित भएकी छन् ।
कृषा चौलागाईंले निर्देशन गर्ने यो फिल्म फागुन अन्त्यदेखि छायांकनमा जाने तयारीमा छ । निरुताले फिल्म साइन गर्ने वित्तिकै यो फिल्मकी को-एक्ट्रेस प्रियंका कार्कीले निरुतासहितको संयुक्त फोटो सेयर गरेकी थिइन् ।
फिल्ममा जसिता गुरुङलाई पनि देख्न सकिन्छ ।
प्रेमकथामा आधारित हुने ‘पारस’ लाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । लादियाले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरेका थिए ।
कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐंचोपैंचो’ हो । उनको पछिल्लो फिल्म ‘पिताम्बर’ थियो । चुनाव लगत्तै फिल्मको छायांकन थाल्ने कृषाको तयारी छ ।

प्रतिक्रिया 4