+
+
Shares

मकवानपुरमा अनलाइनखबरकर्मी अधिकारीसहित ११ स्रष्टा सम्मानित

दुई दिनसम्म चलेको साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै साहित्य कला र पत्रकारिताको क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई सम्मान समर्पण गरिएको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १८:१५

७ फागुन, हेटौंडा । मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले विभिन्न विधाका ११ स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।

३२३औँ साहित्य शृङ्‍खला, ३३औँ वार्षिक उत्सव एवं सातौं बकैया कलासाहित्य महोत्सवको अवसरमा झरनाले स्रष्टाहरूलाई सम्मान गरेको हो ।

दुई दिनसम्म चलेको साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै साहित्य कला र पत्रकारिताको क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई सम्मान समर्पण गरिएको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् ।

कार्यक्रममा कुलकुमारी झलकनाथ लोकसाहित्य सम्मान–२०८२ साहित्यकार तथा वरिष्ठ लोकगायक बझाङ स्थायी घर भएका नन्दकृष्ण जोशीलाई प्रदान गरियो । ११ हजार १११ रुपैयाँ राशीको सो पुरस्कार बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, झरना साहित्य परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, संस्थाकी अध्यक्ष रुपाखेतीलगायतले प्रदान गरे ।

१५ हजार ५५५ रुपैयाँ राशीको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२’ मकवानपुरका डा. निमेष निखिललाई प्रदान गरिएको छ ।

११ हजार १११ रुपैयाँ राशीको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ अनलाइनखबरकर्मी दीपक अधिकारीलाई प्रदान गरिएको छ । अढाइ दशकदेखि सक्रिय अधिकारीले पत्रकारिताका माध्यमबाट संस्था र साहित्यको उन्नयनमा सहयोग गरेबापत सम्मान गरिएको संस्थाका संस्थापक एवं संरक्षक उद्धवप्रसाद सापकोटाले जानकारी दिए ।

७ हजार ७७७ रुपैयाँ राशीको ‘सञ्जीवनी बुटी साहित्य सम्मान–२०८२’ मकवानपुरका अर्पण पराजुलीलाई प्रदान गरिएको छ । मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने ७ हजार ७७७ रुपैयाँ राशीको ‘सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२’ मकवानपुरककी एसआर मञ्जरी ओलीलाई प्रदान गरिएको संस्थाका सचिव निलहरि दुलालले जानकारी दिए ।

होमनाथ टीकामाया प्रतिभा सम्मान पाँचथरका डा. रमेश शुभेच्छुलाई प्रदान गरियो । ५ हजार ५ सय रुपैयाँ राशीको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२’ बाँकेकी ऋचा लुइँटेललाई प्रदान गरिएको छ ।

नवप्रतिभालाई प्रोत्साहन गर्न प्रदान गरिने ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२’ मकवानपुरका सूर्य सन्यासी तथा ‘ऋशेश्वर रुक्मिणी लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२’ रुपन्देहीकी सिर्जना खनाललाई प्रदान गरिएको छ ।

महोत्सवअन्तर्गत आयोजित चित्रकला प्रतियोगितामा महेन्द्र माविका विद्यार्थी मिहाजुल थोक्कर, रिषा दोङ र प्रसिद राई उत्कृष्ट तीनमा पर्न सफल भएका छन् । कविता प्रतियोगितामा शान्ति नेगी, ऋतु विक र इन्द्रकुमारी स्याङ्बो उत्कृष्ट घोषित भएका छन् ।

कलासाहित्य महोत्सवमा लम्बोदर काफ्ले (सर्लाही), यश लामा (बारा), मनोज लोहार (रौतहट), खडानन्द तिमल्सिना (सिन्धुली), विद्या भण्डारी (चितवन), रमेश लामिछाने (लमजुङ), धनमाया राई (सिन्धुली), सुमित्र आचार्य (सर्लाही) बाट पनि सर्जकहरू सहभागी भएका थिए । उनीहरू सबैले रचना बाचन गरेका थिए ।

यसैगरी, साहित्यकारहरू डा. विश्वनाथ सञ्जेल, विजय दोङ, डीबी बर्तौंला, धनमाया राई, सुमित्रा आचार्य, हरिप्रसाद पौडेल, केशव समर्पण, सागर तिमल्सिना, सञ्जित श्रेष्ठ, ओमभक्त भण्डारी, विष्णु गौतम, पुरुषोत्तम आचार्य, बिर्खे अञ्जान, मनोज लोहार, श्रीराम अधिकारी, विशाल अधिकारी आशुतोष, नवराज न्यौपानेले सिर्जना बाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?