काठमाडौं । बजारमा अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अंगुरको भाउ बढेको देखाएको हो ।
बजारमा कालो र हरियो गरी दुई प्रकारको अंगुर किन्न पाइन्छ । आज शुक्रबार हरियो अंगुरको भाउ बढेको छ ।
हिजो बिहीबारको तुलनामा आज शुक्रबार हरियो अंगुरको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।
हिजो बिहीबार प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा बिक्री भएको हरियो अंगुर आज २ सय ५० रुपैयाँ कायम भएको छ।
यस्तै कालो अंगुरको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन जस्तै आज पनि कालो अंगुर प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4