+
+
Shares

चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १२:४८
फाइल तस्वीर

८ फागुन, पाँचथर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् ।

देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने उनको भनाइ थियो ।

राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने उनको भनाइ थियो । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने उनको भनाइ थियो ।

नयाँ ऊर्जा, कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?