News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले गगनकुमार नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जासाथ अघि बढ्ने बताएका छन्।
- विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा 'नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं' भनी सबै अग्रजलाई सँगै लिएर बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
- उनीहरूले सबैको जीत र हित सुनिश्चित गर्दै बदलिएको कांग्रेसलाई अझ बलियो बनाउने र नवीन संभावनाको यात्रामा अघि बढ्ने योजना रहेको उल्लेख गरेका छन्।
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘नवीन ऊर्जासाथ हामी अघि बढ्नेछौं । श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं,’ गगन थापा सभापति हुँदा माला लगाइदिँदै गर्दाको तस्बिरसहित उनले लेखेका छन्, ‘सबैको जीत, सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं । बदलिएको कांग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ।’
नवीन उर्जासाथ हामी अघि बढ्नेछौं !
श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं !सबैको जीत / सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं l बदलिएको काँग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ! जय नेपाल ! pic.twitter.com/RejYKwyGxB
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 17, 2026
प्रतिक्रिया 4