+
जय ट्रफी क्रिकेट :

कप्तान रोहित र जोराको अर्धशतक, पहिलो दिनको समाप्तिमा एपीएफलाई अग्रता

२०८२ फागुन  ८ गते १७:५७ २०८२ फागुन ८ गते १७:५७
कप्तान रोहित र जोराको अर्धशतक, पहिलो दिनको समाप्तिमा एपीएफलाई अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेटअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध ३१ रनको अग्रता बनाएको छ।
  • बागमतीले पहिलो इनिङमा २०७-९ रन बनाएर इनिङ घोषणा गरेको थियो र एपीएफले जवाफी ब्याटिङमा २३९ रन बनाएको थियो।
  • दोस्रो इनिङ सुरु गरेको बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको छ र ३१ रनले पछाडि छ।

८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलअन्तर्गत पहिलो दिनको समाप्तिमा एपीएफ क्लबले बागमती प्रदेशविरुद्ध अग्रता बनाएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलको पहिलो दिनको समाप्तिमा एपीएफविरुद्ध बागमती ३१ रनले पछाडि छ ।

खेलमा बागमतीले टस हारेर पहिले ब्याटिङ गरेको थियो । ५४.५ ओभरमा २०७-९ को अवस्थामा बागमतीले इनिङ घोषणा गरेको थियो । बागमतीका लागि बिबेक मगरले सर्वाधिक ४२ रन बनाए । आशुतोष घिरैया र रिजन ढकालले समान ३५ रन बनाए भने शुभ कंसाकारले ३४ रन बनाए । सूर्य तामाङले २७ रन बनाए ।

एपीएफका लागि इर्साद अहमदले ३ विकेट लिए भने युवराज खत्री र रोहित पौडेलले २-२ तथा अमरसिंह राउटेला र अभिशेष गौतमले १-१ विकेट लिए ।

त्यसपछि जवाफी ब्याटिङमा एपीएफ ४९.२ ओभरमा ३२ रनको अग्रतासहित २३९ रनमा अलआउट भयो । एपीएफका लागि कप्तान रोहित पौडेलले अविजित ८७ रन बनाए भने सन्दीप जोराले ६१ रन बनाए ।

दीपक बोहराले ३८ तथा आसिफ शेखले २८ रन बनाए । लोअर अर्डर ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन ।

बागमतीका लागि रिजन ढकालले ३ विकेट लिँदा बिपिन आचार्य र सूर्य तामाङले २-२ अनि तिलकराज भण्डारी र इशान पाण्डेले १-१ विकेट लिए ।

३२ रनले पछाडि परेको अवस्थामा दोस्रो इनिङ थालेको बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको छ । नाइट वाचम्यान सूर्य तामाङलाई एपीएफका कप्तान रोहित पौडेलले आउट गरेपछि बागमती १-१ को अवस्थामा छ र ३१ रनले पछाडि छ ।

एपीएफ क्लब जय ट्रफी क्रिकेट बागमती प्रदेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय